Everest Times

तीनदिने कथालेखन तालिम सम्पन्न

ललितपुर । उपत्यकाव्यापी बाल कथा लेखन कार्यशालाको तयारीका लागि बाल कथालेखन तालिम सम्पन्न भएको छ । वैशाख १७ बाट सुरू विवेक सिर्जनशिल प्रालिको कार्यलयमा भएको कथा लेखन तालिम अाइतबार सम्पन्न भएको हो ।

बाल साहित्यका अग्रज सर्जक तजा बाल बाङ्मयतथा अनुसन्धान केन्द्रका अध्यक्ष विनय कसजु तथा शान्ति सापकोटाको प्रशिक्षणमा अायोजित कथा लेखन तालिममा ललितपुर जिल्लाका १६ विद्यार्थीहरू सहभागी थिए । सहभागीले जेठ १५ बाट सुरू हुने अन्तरार्ष्ट्रिय पुस्तक प्रदर्शनीमा अाफ्नो कथा सुनाउने बालकथा प्रतियोगितका संयोजक विजयराज अाचार्यले बताए ।

बालकथा प्रतियोगिता ग्लोबल एक्स्पोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेज, विवेक सिर्जनशील प्रकाशन र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको संयुक्त अायोजनामा हुन लागेको हो ।

kathalekhan

कार्यक्रम समापनपछि सामुहिक तस्विर खिचाउँदै सहभागी र प्रशिक्षक ।

कार्यक्रमका तयारीका लागि काठमाडाैं र भक्तपुरका विभिन्न विद्यालयका अन्य विद्यार्थी पनि यस्तै कथा लेखन तालिम हुने अायोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्