Everest Times

बच्चाहरुका लागि तोकिएको ‘स्क्रिनटाइम गाइडलाइन’ यस्तो छ

डिजिटल युगको आगमनसँगै प्रविधिको विकासले गर्दा बालबालिकाहरु स्मार्टफोन, ट्याबलेट, कम्प्युटरमा रम्न थालेका छन् । जुन केही समयका लागि रमाईलो भए पनि आँखा, कानलगायतको स्वास्थ्यमा भने निकै खतरा हुनसक्ने विभिन्न अध्ययनले देखाएको छ ।
यही विषयलाई लिएर अमेरिकी बाल चिकित्सा एकेडेमीले २ वर्षभन्दा मुनिका बालबालिकाका लागि ‘नो स्क्रिन’ नियम लागु गरेको छ । बिहिबार न्यु रिकम्मन्डेसन फर चिल्ड्रेन मिडिया युज जारी गर्दै एकेडेमीले ‘नो स्क्रिनस बिफोर एज २’ नीति लागु गरेको हो ।

एकेडेमीले जारी गरेको केही बुँदाहरु यसप्रकार छः

–१८ महिनामुनिका बालबालिकालाई स्क्रिन प्रयोग गर्न दिदैनदिऔं । भिडियोच्याटका लागि भने यो छुट छ ।
–१८ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि कुनै कुनै कार्यक्रम बाआमासँग बसेर हेर्न सक्छन् ।
–२ देखि ५ वर्षसम्मको बालबालकिाका लागि दिनमा बढीमा एकघन्टामात्र स्क्रिन हेर्ने छुट दिउँ । त्यो पनि बाआमा वा अभिभावकको रहोबरमा ।
–६ वर्षदेखिको माथिकालाई बाआमा वा अभिभावकले सीमा तोकेर मात्र उनीहरुकलाई स्क्रिन हेर्ने छुट दिऔं । पढाइमा, सुताइनमा र खेलमा असर नपर्ने गरी ।
–सकेसम्म खाना खाने बेला बालबालिका स्क्रिनको नजिक नहुने वातावरण निर्माण गरौ ।
एकेडेमीले बालबालिकाकालाई कसरी स्क्रिनबाट टाढा राख्ने भन्ने विषयमा सिक्न चाहनेको लागि मिडिया प्लान टुल पनि सार्वजनिक गरेको छ ।

स्रोत-न्युयोर्क डेलीन्युज

 

प्रतिकृया दिनुहोस्