Everest Times

म्याग्दीमा तीनदिने बालकथा लेखन कार्यशाला

बेनी । म्याग्दीको बेनीस्थित न्यू वेस्ट प्वाइन्ट उच्च माध्यमिक आवासीय विद्यालयमा तीनदिने बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ । २०३औँ भानुजयन्ती अवसरमा असार २७ देखि २९ गतेसम्म कथा लेखन कार्यशाला भएको थियो ।

कार्यशालामा कक्षा ५ देखि कक्षा १० सम्मका ५० जना विद्यार्थी सहभागी थिए । उक्त कार्यशालामा सुप्रसिद्ध बालसाहित्य सर्जक विजयराज आचार्यको मूख्य प्रशिक्षण र विद्यालयका नेपाली विषय विभाग प्रमुख केशवराज पौडेल र माध्यमिक तहका नेपाली विषय शिक्षक नवराज रिजालको संयोजन रहेको थियो ।

प्रतिकृया दिनुहोस्