चुडामणी शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

August 11, 2017

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन । सोही रिट अन्तर्गत सर्वोच्चले आजउनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।

शर्माले १० अर्ब भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेषको मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

उनलाई अख्तियारले गत जेठ १९ गते पक्राउ गरि बिशेष अदालतमा पेश गरेको थियो ।

मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्व दुई करोड बिगो दाबी गर्नु संवैधानिक व्यवस्था विपरीत भएको सर्वोच्चको ठहर  छ। कर निर्धारणमा अनियमितता गरेको भन्दै शर्मालाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो।

सम्बन्धित समाचार