चुम्लुङ नाइटमा दीपक र इन्दिरा सम्मानित

December 15, 2017

न्युयोर्क । पहिलो नेपाली तारा एवं चर्चित गायक दीपक लिम्बुको साथमा न्युयोर्कमा चुम्लुङ नाइट सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजना भएको उक्त कार्यक्रममा गायक लिम्बुले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

शिक्षाका लागि संगीत नामक कार्यक्रममा न्युयोर्कका रहेका विभिन्न नेपाली समुदायको बाक्लो उपस्थिति रहेका थिए । कार्यक्रममा गायक लिम्बुले नेपाली चलचित्रका गीतका साथमा आधुनिक गीतहरु गाएका थिए । उनले गाउदै गर्दा दर्शक नाच्न झुम्मिएका थिए भने कतिपयले ताली बजाएर साथ दिएका थिए ।

चुुम्लुङले कार्यक्रमबाट उठेको रकम इलामको चुलाचुली विद्यालयलाई सहयोग गर्ने योजना बनाएको छ । उक्त कार्यक्रममा आयोजक संस्था चुम्लुङले पहिलो नेपाली तारा गायक दिपक लिम्बुलाई सम्मान गरेका छन् । उनीसँगै अर्को जन्म नामक गीत एल्बमका गीतकार तथा निर्मात्री इन्दिरा चेम्जोङलाई पनि कदर पत्रका साथ सम्मान गरियो । कार्यक्रममा चुम्लुङका अध्यक्ष दिपेश चबेगु लिम्बुले गीत संगीत क्षेत्रमा गायक लिम्बु र गीतकार चेम्जोङले पु¥याएको योगदानको कदर स्वरुप संस्थाले सम्मान गरेको बताए ।

नेपाली समाजमा गीत संगीतको हित तथा नेपालको विद्यालयको सहयोगको लागी आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए । चुम्लुङका निवर्तमान उपाध्याक्ष चेम्जोङको अर्को जन्म एल्बममा गायक दीपक लिम्बु र अन्य चर्चित गायकहरुको स्वर रहेको छ । त्यही एल्बमको एउटा लिम्बु गीत अमेरिकामा छायाँकन समेत गरिएको छ ।

सम्बन्धित समाचार