प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने

August 17, 2017

काठमाडाैं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने गर्ने प्रस्ताव निर्वाचन अायोगले गरेको छ । बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैपटक हुने भन्ने विषयमा छलफल हुदाँ अायोगले सरकारसँग उक्त प्रस्ताव गरेको हो ।

छलफलमा अायोग दुबै निर्वाचन एकैपटक गर्न सहमत भएको बताइएको छ । दुवै निर्वाचन एकैचोटि गरिएपनि दुइ चरणमा गर्ने अायोगको तयारी रहेको छ । बालुवाटार स्रोतकाअनुसार हिमाली क्षेत्रमा रहेका ३१ जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ ।

सम्बन्धित समाचार