७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माअाेवादी अध्यक्षसँग सुकुम्बासीले जग्गाकाे कुरा गरे, प्रचण्डले अाफ्नाे दु:ख सुनाए


२५ कार्तिक २०७४, शनिबार  

0
Shares

कार्तिक । माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले चितवनकाे शिवनगरका लालपुर्जा बिहिनहरुसँग अन्तरक्रिया गरे ।

शनिबार बिहान अध्यक्ष प्रचण्डले वर्षाैंदेखि बसाेबास गर्दै अाएका सुकुम्बासीसँग अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा लालपुर्जा नभएका स्थानीयले अाफ्ना समस्या र गुनासाे अध्यक्ष प्रचण्डसँग राखेका थिए। अाजसम्म सुकुम्बासीलाई भाेट ब्याङ्क बनाइएकाे भन्दै सुकुम्बासी समस्याकाे दीर्घकालिन समस्या खाेजिदिन प्रचण्डसँग स्थानीयले अाग्रह गरेका थिए।

अन्तरक्रियामा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “२०३६ सालमा अान्दाेलन चल्दै थियाे, मैले शिबनगरकाे गाैचरनमा खाम्बा गाडेर सुकुम्बासी बसालेकाे थिएँ, तपाईहरुलाई गाैचरनमा बसालेपछि प्रशासनले मेराे घरमा छापा मार्याे, अनि म भूमिगत जीवनतिर गएँ। म पनि गरिबकाे छाेराे हुँ, याे यहाँहरुले बुझ्नुभएकै हाेला ।”

“दश वर्षमा १० वटा सरकार बने। तर, बहुमतकाे सरकार बन्न सकेन। निर्वाचनपछि बहुमतकाे सरकार बन्छ, त्यसपछि राजनीतिक स्थीरताकाे वातावरण बन्छ, चितवनकाे रुप रङ्ग फेर्ने संकल्पसहित अाएकाे छु” अध्यक्ष प्रचण्डले भने।

शनिबार बिहान नै भरतपुरकाे शिबनगरमा अायाेजित काेणसभा र घरदैलाेमा बाेल्दै प्रचण्डले भने, “हामीले संविधान बनायौं। तर, राजनीतिक स्थीरता बनेन। यसपटक हामीले बामपन्थीकाे बलियाे एकता बनाएर अाएका छौं, याे हामी सबैकाे लागि खुसीकाे कुरा हाे। अब नेपालमा राजनीतिक स्थीरता र विकासकाे युग अारम्भ हुन्छ। चितवन पनि अन्तर्राष्ट्रिय स्तरकाे नमूना शहर बनाइन्छ।” शनिबार नै अध्यक्ष प्रचण्डले राधापुर र सुन्दरबस्तीमा घरदैलाे गरेका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार  ७ : ०४ बजे