काँग्रेसले प्रदेश नं २ मा उम्मेदवारको टुंगो लगायो, नाम भोलि सार्वजनिक गरिने

August 31, 2017

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित समाचार