८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेसमा देउवाले प्रस्ताव गरेका यी हुन् ४१ विभाग



काठमाडाैं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४१ विभाग बनाउने प्रस्ताव गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले २८ बाट बढाएर विभाग ४१ पुर्‌याउने प्रस्ताव गरेका हुन्।

महाधिवेशन भएको तीन महिनाभित्र गठन गर्नुपर्ने विभाग अहिलेसम्म गठन गर्न नसकेका देउवाले चार वर्षे कार्यकाल सकिनै लाग्दा नयाँ विभाग थप्नेसहितको प्रस्ताव ल्याएका हुन्।

विभाग थप गर्ने सभापति देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने असन्तुष्ट छन्। उनीहरुले बिहीबारको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए।

पौडेलले महाधिवेशनको कार्यतालिका तय गरेर जानुपर्ने बताउँदै आएका छन्। तर सभापति देउवा एक वर्ष कार्यकाल थप्ने तयारीमा छन्। देउवाले विभाग थप गर्न गरेको प्रस्तावमा मंसिर २९ गते छलफल हुनेछ ।

प्रस्तावित विभाग यी हुन्

१. संगठन विभाग २. सूचना, संचार तथा प्रचार विभाग ३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग ४. राज्य प्रशासन विभाग ५. आर्थिक नीति तथा योजना विभाग ६. अभिलेख, अनुगमन तथा मुल्यांकन विभाग ७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग ८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग ९. संसदीय मामिला विभाग १०. संवैधानिक तथा कानुन विभाग ११. स्थानीय तह समन्वय विभाग १२. महिला विभाग १३. तरुण विभाग १४. विद्यार्थी विभाग १५. जिल्ला सम्पर्क समिति समन्वय विभाग १६. पेशागत तथा बुद्धिजीवि विभाग १७. शिक्षा विभाग १८. स्वास्थ्य विभाग १९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग २०. उद्योग व्यापार विभाग २१. पर्यटन विभाग २२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग २३. कृषि तथा किसान विभाग २४. आदिवासी जनजाती विभाग २५. खेलकुद विभाग २६. प्राकृतिक श्रोत विभाग २७. साहित्य, कला तथा संस्कृति विभाग २८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग २९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग ३०. दलित विभाग ३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग ३२. मुस्लिम विभाग ३३. वन तथा वातावरण विभाग ३४. तराई मधेश विभाग ३५. वित्तीय संस्था तथा सहकारी समन्वय विभाग ३६. पिछडिएको क्षेत्र समन्वय विभाग ३७. विज्ञान तथा प्रविधि विभाग ३८. भूपू सैनिक विभाग ३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग ४०. शुभेच्छुक संस्था समन्वय विभाग ४१. अन्य भातृ संघ समन्वय विभाग

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ०९ बजे