कांग्रेस बैठकमा ईयू प्रतिवेदनबारे चर्चा: भोलि पनि बैठक बस्ने

March 26, 2018

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि ९ बजे बस्ने भएको छ। आजको बैठकमा ११ जना केन्द्रीय सदस्यहरुले निर्वाचनका कारण र तय गर्नुपर्ने भावी रणनीतिबारे धारणा राखेका थिए ।

बिहान १० बजे सुरु भएको बैठकमा सुरुमा रमेश लेखकले आफ्नो धारणा राखे। बैठकमा उनले ईयूको प्रतिवेदनको आलोचना गरेका थिए । आजको बैठकमा लेखक, बलबहादुर के.सी, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले निर्वाचनको समीक्षा गरेका थिए ।

कार्यसमितिको निर्वाचन समीक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी छ ।

बैठकको शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाएका थिए भने अर्का नेता डा नारायण खड्काले बचाउ गरेका थिए ।

शनिबारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार