कांग्रेस पदाधिकारी मनोनयन २१ गते मात्र

April 30, 2018

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पदाधिकारी मनोनयनका लागि बिहान ८: ३० बजे बोलाएको बैठक ११ बजे स्थगित भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अर्को बैठक २१ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।

पदाधिकारी मनोनयनमा विवाद कायमै रहेपछि बैठक रोकिएको एक केन्द्रीय सदस्यले बताए । आजको केन्द्रीय समितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने कार्यक्रम रहेको थियो ।

सम्बन्धित समाचार