६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

संविधान संशोधन विद्येयक अगाडि बढ्छ, ‘प्रचण्ड’


२६ असार २०७४, सोमबार  

0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन् ।

सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै प्रचण्डले विद्येयक अगाडि बढ्ने बताएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भने, ‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्धेश्य हो । अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक अब प्रक्रियामा अगाडि बढ्छ । संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प छैन । हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् ।’

बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७४, सोमबार  ४ : २६ बजे