साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता सम्पन्न, लमु शेर्पा प्रथम

February 15, 2018

काठमाडौं । साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगितामा १० प्रतियोगिलाई पछि पार्दै लमु शेर्पा प्रथम भएकी छिन् ।

आगामी दिनमा शेर्पा युवाहरुको अवस्था विषयक प्रतियोगितामा लमु प्रथम हुँदै नगद २० हजार पुरस्कारसमेत प्राप्त गरिन् ।

त्यसैगरी प्रतियोगितामा आङदावा शेर्पा दोस्रो भए । उनल नगद १५ हजार पुरस्कार प्राप्त गरे । निमातेन्डी शेर्पा तेस्रो हुन सफल भए । उनलाई नगद १० हजार प्रदान गरियो । ११ जना सहभागी प्रतियोगितमा छिरिङ शेर्पाले सान्त्वाना स्थान हासिल गर्दै पाँच हजार नगद पुरस्कार पाए ।

प्रतियोगिता हिजो ज्योति पार्टी प्यालेसमा सम्पन्न भएको थियो । प्रतियोगताको निर्णायक संयोजक आङकाजी शेर्पा किसान थिए । हिमालयन सांस्कृतिक केन्द्रको आयोजनामा भएको कार्यक्रममा विजयीहरुलाई प्रतिनिधिका सांसद प्रमुख अतिथि जिपछिरिङ शेर्पाले उक्त पुरस्कार प्रदान गरे ।

सम्बन्धित समाचार