डेनमार्कलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा, रसिया प्रतिद्वन्द्वी

July 2, 2018

गोलकिपर ड्यानिएल सुबासिसले पेनाल्टीसुटआउटमा ३ पेनाल्टी रोकेपछि क्रोएसिया डेनमार्कलाऐ ३-२ ले पराजित गर्दै रसिया विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले अब आयोजक रसियासँग क्वाटरफाइनलमा खेल्नेछ। रसियाले स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेलमा १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

 

सम्बन्धित समाचार