अधिकारका लागि भक्तपुरमा साइकल र्‍याली

March 9, 2019

भक्तपुर । अन्तराष्ट्रिय नारी दिवस–२०१९ को अवसर पारी ‘युवाका साथ साथ’ आवाज नेपालको आयोजनामा साइकल ¥याली सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिकाको सहयोग र गैसस महासंघ भक्तपुर, राष्ट्र निर्माण मञ्च नेपाल, ओरेक नेपाललगायतको सहकार्यमा अधिकारको लागि यात्रा भन्ने मुल नाराका साथ र्‍याली आयोजना गरिएको थियो । कार्यक्रम प्रदेश सभा सदस्य सरस्वती वाटीको प्रमुख अतिथ्यतामा, कार्यपालिका सदस्य दिपक विसुन्के, समाजसेवी मदनलाल मर्हजन, श्यामसुन्दर बस्नेत, विष्णुहरि दाहाल संस्थाका संस्थापकहरु लगायत अतिथिहरुको उपस्थितिमा संस्थाका अध्यक्ष राजेश घिमिरेको सभाध्यक्षमा कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा महिला माथि हुने हिंसा, दुव्र्यवहार जस्ता विभिन्न अपराधिक क्रियाकलापहरुको विरुद्धमा ऐक्यवद्धता जनाउन १२७ जना युवाहरुले साईकल ¥याली कार्यक्रममा सहभागिता जनाए । साईकल र्‍याली कार्यक्रम सानोठिमी बाट शुरु भई दुधपाटी, कमलविनायक, जगाते, सुर्यविनायक हुँदै सल्लाघारी सम्म यात्रा गर्दै सहभागिता जनाउनु भएका यात्रीहरुलाई स्वागत गर्दै संस्थाका सचिव श्रीकृष्ण थापाले यस्ता कार्यक्रमले महिला माथि हुन सक्ने विभिन्न हिंसा तथा दुव्र्यवहारहरुलाई न्युन पार्न सहयोग पुगि जनमानसहरुमा सचेतना फैलाउन मद्दत पुग्ने विचार व्यक्त गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य वातीले यस्ता कार्यक्रमहरुले जनचेतना अभिवृद्धि गराई समाज विद्यमान रहेको महिला विरोधी सोच विचारहरुलाई निरुसाहित गर्न मद्दत पुग्ने र संविधानले परिकल्पना गरेको हक अधिकारहरुलाई पुर्ण रुपमा पालना गर्ने हो भने मंहिला माथि हुने हिंसाहरु कम हुने बताउदैं यस्ता कार्यक्रमहरुलाई युवा पुस्ताहरुले नेतृत्व लिई अगाडि बढाँउदै जानु आजको प्रमुख आवश्यकता रहेको कार्यक्रममा उपस्थित वक्तहरुले जोड दिएका थिए भने कार्यक्रममा संस्थाका संस्थापक दिपेश विसुन्केले कार्यक्रम संचालन गर्दै समृद्ध नेपालको आधार महिला हिंसा मुक्त समाज निर्माण गरि यस्ता श्रृजनात्मक गतिविधिहरुमा युवा वर्गहरुले नेतृत्व लिई समाजमा भएका विकृति विसंगतिहरुको विरुद्धमा एक भएर लाग्न समपुर्ण युवा साथीहरुलाई आव्हान गर्दै यस्ता कार्यक्रमहरु दिवशमा मात्रै नगरी अन्य दिनहरुमा पनि संस्थाले पुर्ण निरन्तरता प्रदान गर्दै जाने बताएका थिए ।

सम्बन्धित समाचार