नेपालमा पर्यटन प्रवर्द्धनका लागि न्युयोर्कमा साइकल र्‍याली

May 18, 2017

न्युयोर्क । नेपालको पर्यटन प्रवर्द्धनका लागि न्युयोर्कमा साइकल र्‍याली कार्यक्रमको आयोजना गरिने भएको छ । पर्यटकको लागि सुन्दर देशको रुपमा चिनिदै आएको नेपाललाई विश्वमाझ चिनाउन नेपालको पहिचान झल्कने ऐतिहासिक पुरातत्वीक, प्राकृतिक सम्पदा, नेपाली मौलिक कला संस्कृति ब्यानरसहित ‘राइड फर नेपाल’ नाम साइकल र्‍यालीको योजना भइरहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
नेपाली महावाणिज्यदुतावास र पर्यटन बोर्डको जनसम्पर्क अधिकृत प्रदीप श्रेष्ठद्वारा आयोजित नेपालको पर्यटन प्रवद्र्धनमा ‘न्यूयोर्कका नेपाली संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल चिनाउने विभिन्न ब्यानरसहित हुने साइकल र्‍याली टाइम्सस्वायरमा समापान गरिने पर्यटन बोर्डको प्रतिनिधि प्रदीप श्रेष्ठले बताए । उक्त साइकल र्‍यालीको लागि सिटी बैंकसँग र सडकको अनुमतिको लागि सरकरी स्तरमा अनुमती लिने कार्य अघि बढिसकेको उनले बताए । आगामी जुनको अन्तिम साता आयोजना गर्न लागेको साइकल र्‍यालीमा न्युयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लबहरुको पनि सहभागीता रहने उनले बताए । न्युयोर्कका दर्जनौ विभिन्न नेपाली समुदायहरुका प्रतिनिधिहरु र पत्रकारहरु उपस्थित कार्यक्रममा महावाणिज्यदूत पुष्पराज भट्टराइले नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रवासमा रहेका नेपालीहरुको साथ र सहयोग आशा लिएकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए । त्यस्तै वाणिज्यदुत कृष्णकुमार सुवेदीले विश्वमाझ नेपालको आप्mनै परिचय भएकोले यसको प्रचारप्रसार सवैतिरबाट गर्नुपर्ने आवश्याकता रहेको बताए ।
कार्यक्रममा बोर्डका जनसम्पर्क अधिकृत श्रेष्ठले नेपाली महावाणिज्य दूतावास न्युयोर्कको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न नौ बुदे कार्ययोजना सार्वजनिक गरेका थिए । साइकल ¥यालीका साथै नेपाली विद्यार्थी अध्ययन गर्ने विद्यालय तथा कलेजहरुमा नेपाल चिनाउने विभिन्न पोस्टर पम्प्लेटहरु वितरण गर्ने र संस्कृतिक कार्यक्रम गर्ने, न्युयोर्कका ट्याक्सिहरुमा भिजिट नेपालको स्टिकर टाँस्न पहल गर्ने लगायतका कार्यक्रमहरु कार्ययोजनामा समेटिएका छन् । त्यसैगरी, अमेरिकी मुलधारका पत्रकारहरुलाइ नेपाल भ्रमणमा लागि विभिन्न प्रचारात्मक सामग्री प्रकाशन, प्रसारणको लागि पहल गर्ने, गैरआवासीय नेपालीसँगको समन्वयमा अतिथि देवो भवः कार्यक्रमलाई अभियानको रुपमा विकास गर्ने तथा अमेरिकी सरकारी तथा गैरसरकारी निकायले संचालन गर्ने सडक महोत्सव तथा फुड फेस्टिभलहरुमा सहभागिता जनाउने कार्यक्रमहरु समेटिएको छ ।
उक्त अवसरमा एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले विदेशमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकारले पर्यटन बोर्डको सहयोगमा विशेष ध्यान कार्यक्रम गर्नुपर्ने र विगतमा गरिरहेको कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताएका थिए । उनका अनुसार न्युयोर्कमा यसअघि नेपाल सरकारले मनाउदै आएको सगरमाथा दिवस मे २९ यस अघि रोकेको र वासिङटन डिसीमा बसमा नेपाल झल्कने पोस्टरहरु राख्ने कार्यसमेत राकेकोमा अब निरन्तरता दिनुपर्ने बताए । त्यस्तै व्यवसायी अच्युत सिग्देलले नेपालको पर्यटन प्रवद्र्धन गर्न स्थानीय पर्यटन बोर्डको प्रतिनिधिले सरकारसँग सहकार्य गर्न खोजेको अवस्थामा सरकारले पर्यटन बोर्डसँग समन्वय गर्न सक्नु पर्ने बताएका थिए । कार्यक्रममा आरोही शेरब जाङबु शेर्पाले आफुले अमेरिकाबाट पर्यटक लिएर नेपालको अन्नपूर्ण पदयात्रामा जाँदा अन्नपूर्ण कन्जरभेसन प्रोजेक्ट एक्यापले निकै दुःख दिएको गुनासो पोखेका थिए । त्यस्तै रक क्लाइबर्स पासाङ शेर्पाले जबसम्म विदेशीले नेपाल जाँदा दुःख पाउछ तबसम्म नेपालप्रति उनीहरुको नकारत्माक छाप पर्ने भएकोले सरकारले पर्यटकका लागि विशेष ध्यान पु¥याउनु पर्ने बताए । त्यस्तै पूर्व प्राध्यापक डा. तारा निरौला, संजय थापा, टेक गुरुङ, प्रमोद सिटौला, विष्णु सुवेदी, पत्रकारहरु संजोग आचार्य, अनुज थापा, शैलेश श्रेष्ठ र दिनेशजंग शाह लगायतले टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार