बालबालिका हेपिएका छन्–दामोदर न्यौपाने, पत्रकार/लेखक

May 18, 2017

पत्रकार दामोदर न्यौपानेको दोस्रो कृति ‘कर्म–सिकाईमा गहिरिएको खाडल’ अहिले चर्चामा छ । खासगरी बालबालिका लक्षित गरी लेखिएको यो पुस्तक बालबालिकासँग सम्बन्धित रही सेवा गर्दै आएकाहरुको वृत्तमा बढी चर्चामा छ ।
विषय बालबालिकाको भए पनि अभिभावक र शिक्षकका लागि आफ्नो अनुभव, भ्रमण र प्रत्यक्ष भेटघाटका घटनाहरुलाई उनेर कर्म तयार पारिएको लेखक बताउँछन् । बालबालिका हेपिएका वर्ग भएको र तिनको स्वरलाई बुलन्द पार्न किताब लेखिएको न्यौपाने बताउँछन् । उनै लेखक न्यौपानेसँग कर्मबारे गरिएको कुराकानीः

तपाईंले किताबमा ‘सिकाईमा गहिरिएको खाडल’लाई फोकस गर्नु भएको छ, यसैलाई हाइलाइट गर्नुको कुनै कारण ?
अहिले सिकाइ दुईथरीको छ । एकथरीको सिकाइ गरिब वर्गलाई र अर्को धनी वर्गलाई । नीजि स्कुल र सामूदायिक स्कुल यसका प्रतिनिधि हुन् । नीजि १५ प्रतिशत छन् । ८५ प्रतिशत सरकारी स्कुल छन् । केहीबाहेर सरकारी स्कुलमा सिकाइ पटक्कै राम्रो छैन । नीजिमा एकदम परिश्रम छ । केही मापदण्ड र कोर्सबाहेक नीजिले राम्रै गरेको छ ।
सरकारीले राम्रो प्रधानाध्यपक भएको ठाउँमा राम्रो अवस्थामा छ । मैले किताबमा त्यस्त रिसर्चहरु छ । एउटा त भोजपूरकै एउटा स्कुल छ । दुर्गम मानिने भोजपूरको त्यस स्कुलको वेबसाइट छ । फेसबुक पेज छ । अपडेट छ र स्कुलका शिक्षकहरुको सिकाई उत्कृष्ट छ । प्रविधिको प्रयोग गरिएएको छ । यस्तै केहीबाहेक अरु सरकारी स्कुलको अवस्था लथालिङ्ग छ ।
गरिब वर्गले पनि अहिले त नीजि विद्यालयतिर आकार्षित हुन थालेका छन् नि ?
देखासिकीले यस्तो भएको हो । यसले राम्रो होइन खाडल बढाएको हो । यसले हाम्रो मानासिकता बिगारिदिएको छ । सिकाइबाहेक, खेल, कला, नाचगानमा पनि खाडल छ । नीजिमा खेल, नाचगान, संगीत, कला, आइटीका विशेष कक्षाहरु हुन्छन् । सामुदायिकमा यस्तो व्यवस्था एकदमै शुन्य छ । केही ठाउँमा नीजि स्रोत प्रयोग गरेर जेनतेन कार्यक्रम चलिरहेको छ । दुईथरीका नागरिक उत्पादन हुन्छ । जसले खाडल बनेको छ । गरिबलाई हेप्छन् । त्यसैले सम्मान खोज्न पनि नीजिमा सक्दो प्रयास गरी पढाउन खोज्छन् ।
कतिपय स्कुलले बिदेश जाने नागरिक उत्पादन गर्छ । कतिपय यहीका लागि उत्पादन हुन्छ । बढीजसो खाडी मुलुकका लागि तयार भएका छन् ।
यो खाडलमा को फस्छ त ?
हामी नै खाडलमा छौ । देश खाडलमा छ । अव्यवस्थित छ मुलुकको सम्पूर्ण अवस्था ।
खाडल कसले पुर्ने ?
राज्य जिम्मेवार छ । जस्तो सिकाइमै पनि राज्यले नीतिनियम बनाउने, बजेट दिने, शिक्षकले कार्यान्वयन गर्ने र अभिभावकले निगरानी गर्ने काम गर्नुपर्छ । राज्यसँग सिकाइमा राम्रो लगानी छ, लोकसेवा पास गरेका शिक्षक छन् । तर, शिक्षक जिम्मेवार बनेका छैनन् । यसका लागि शिक्षक इमानदार बन्नुपर्छ । अभिभावक, शिक्षक र राज्यले माहोल बनाएमा यो खाडल स्वतः पुरिन्छ ।

सिकाइमा त धेरैजसो त अभिभावककै कमजोरी होला नि ?
बालबालिका भोलिका कर्णाधार हुन् । उनीहरु भरोसा हुन् । आम अभिभावकको साहरा बालबालिका नै हुन् । हाम्रो जस्तो बुढेसकाल सुनिस्चित नभएको मुलुकमा बालबालिका अझै महत्वपूर्ण हुन्छ । भोलि केही गर्छन् भन्ने आशा हुन्छ । हामीले मुल हेर्नुपर्छ । बालबालिका मुहान हुन् । ती सफा भए भोलिका दिन रााम्रो हुन्छ । त्यहाँ नै कमजोरी भयो भने हामी अलमलमा पछौं । सिकाइ समान हुनुपर्छ । भोलिको समाज बनाउन बालबालिकामा जानुपर्छ ।
कर्म किन पढ्नपर्छ ?
बालबालिकालाई महसुस गर्न, समाज बुझ्न र बालबालिकालाई आफुले कस्तो व्यवहार गरेको रहेछ भन्ने बुझ्न कर्म पढ्नुस । सिकाइ कस्तो रहेछ, आफ्ना बालबालिकाको आवाज कस्तो हुन्छन् भन्ने कुरा सुन्न यो किताब पढ्न मेरो अनुरोध छ ।

सम्बन्धित समाचार