दाङको राजपुर गाउँपालिकामा काँग्रेस विजयी 

July 1, 2017

दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा लोकराज केसी २३९५ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा  काँग्रेसकै धनपति यादव २२७३ मत प्राप्त गरी विजयी भए ।  प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष श्यामकुमार झाँक्रीले १८५८  प्राप्त गरेका थिए भने उपाध्यक्षमा पुष्पा यादवले १९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार