दिनमान गुर्मछानको कथासंग्रह ‘दंश’ सार्वजनिक

August 25, 2018

काठमाडौं। दिनमान गुर्मछानको पहिलो कथा संग्रह ‘दंश’ नेपाली साहित्यिक क्षेत्रमा प्रवेश गरेको छ ।

शनिवार राजधानीको अनामनगरस्थित मण्डला नाटकघरमा गुर्मछानको दंश विमोचन भएको हो।

साहित्यकार डा. अभि सुवेदी, समालोचक बन्दना ढकाल, साहित्यकार नवीन विभास र लेखक दिनमान गुर्मछानले कृतिको विमोचन गरे ।

लेखक गुर्मछानले आफुले भोगेको अनुभव साथै प्राय खोजमुल कुराहरुलाई कथामा समावेश गरेको बताउँदै आफ्नो कथाले आम पाठकहरुको मनमा एक किसिमको दंश प्रदान गर्ने दाबी गरे ।

समालोचक बन्दना ढकालले कथाले राजनीति, सामाजिक, कुरीति, कुसंस्कार, अर्थनीति, मधेस आन्दोलन र नारी जीवनले भोग्दै आएका बेथितिहरुको बारेमा शसक्त रुपमा कुरा उठाएको टिप्पणी गर्दै, प्रहरीबाटनै कतिपय नारीहरु बलात्कृत भएको कुराहरुलाई समेत कथामा प्रश्तुत भएको बताइन् ।

सरल तरिकामा गम्भिर कुराहरु समावेश भएको उल्लेख गर्दै विभासले भने आफुले कथा पढ्न शुरुवात गर्न थाले पछि, रक्सी उतारेपछि चाख्दा खेरीको जस्तै शरीरमा एक प्रकारको आनन्द आएको बताए ।

पहिलो कथा नै बलियो रुपमा साहित्य क्षेत्रमा ईन्ट्री मारेको टिप्पणी गर्दै, महिलाहरुको हिंसात्मक कुराहरु, परिवर्तनशिल समाज र यथार्थवादी घटनाहरुको ईमान्दारीता पुर्वक समावेश गरिएको भएको साहित्यकार सुवेदीको भनाई थियो।

शाब्दिक बुक्सले प्रकाशन गरेको पुस्तकमा १८ कथा समावेश गरिएको छ। किताबको मुल्य ३ सय ४५ तोकिएको छ।

सम्बन्धित समाचार