मोडलिङभन्दा लेखन फाप्यो-दर्पण राई(‘तिमीले बाटो फेर्यौ अरे’का गीतकार)

May 18, 2017

तिमीले बाटो फे¥यौ अरे, अर्कैलाई हे¥यौ अरे
यो हल्ला छ तिमीले मेरो विश्वास से¥यौ अरे

यही गीतबाट चिनिएका छन् गीतकार दर्पण राई । मेल भर्सन, फिमेल भर्सन, किड् भर्सन र फिल भर्सनमा यो गीत आइसकेको छ । पहिलोपटक झन्डै पाँच महिनाअघि राजेशपायल राईले स्वर दिएको यस गीतमा मेलिना राईले फिमेल भर्सनमा स्वर दिइन् । त्यसपछि जिग्मे छ्योकी घिसिङले किड् भर्सनमा गाइन् । अहिले यही गीतका संगीतकार टंक बुढाथोकीले फिल भर्सन गाएका छन् । एकै गीतलाई विभिन्न भर्सनमा ल्याएर चर्चामा आएका राईसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
एउटै गीतबाट प्रशंसा बटुलिरहनुभएको छ, खुसी हुनुहुन्छ होला ?
सबैले मनपराइदिनुभएको छ । गीत केही चर्चामा आउँछ जस्तो लागेको थियो । तर, यसरी भाइरल बन्छ जस्तो लागेको थिएन । त्यसैले एकदमै खुसी छु ।
विभिन्न भर्सनमा आइरहेको छ, अब अर्को भर्सनमा पनि आउँछ कि ?
सबैको सम्मान गर्नैपर्छ । त्यसैले गे भर्सन ल्याउने सोचमा छु । सायद जेठमा आउँछ होला यो पनि ।
यो तपाईका कतिऔं रचना हो ?
सायद ७÷८ तिर पर्छ होला ।
यसभन्दा अघिका गीतहरु गुमनाम भए ?
ठिकै चलेका छन् । तर, यसरी नामै लिएर भन्ने खालका भएनन् ।
राजेशपायल राईलाई गाउन दिनुभएको रहेछ, उहाँले गाउनुभएपछि अरुलाई गाउन नदिनुभएको भए गीत यति चर्चित हुन्थ्यो होला ?
म पनि सोच्दै छु यो कुरा ।
यो सोलो एल्बमको लागि गाउनुभएको हो वा अरु कसैको एल्बमको लागि ?
सोलो एल्बमको लागि नै हो । अबको दुई महिनापछि एउटा एल्बम बजारमा ल्याउने तयारी पनि गरेको छु ।
गीतको उमेर कति पुग्यो ?
झन्डै एक वर्ष भयो होला गीत तयार भएको ।
यो गीत अरुले पनि गाउने मौका दिनुभएको रहेछ, पहिलो हुनेलाई पुरस्कार पनि दिनुहुन्छ रे ?
यो अडिसन जस्तै हो । यही गीत गाएकामध्ये उत्कृष्टलाई मेरो अर्को गीत गाउन दिने अफर गरेको छु । जो उत्कृष्ट हुन्छ उसलाई दस हजार पुरस्कार पनि दिने घोषणा गरेको छु ।
कतिले गाए अहिलेसम्म ?
३०० जना जतिले गाइसकेका छन् । अब उत्कृष्ट छान्छु ।
एउटै गीतलाई चर्चामा ल्याउने फन्डा चाहि राम्रै रहेछ तपाईंको ?
यो फन्डा चै होइन । तर, पब्लिसिटीमा ल्याउने नयाँ ट्रेन्ड हो । अरुले पनि कुनै नयाँ ट्रेन्ड ल्याएर गीत चर्चामा ल्याएमा खुसी हुने थिए ।
यसको मतलब अब गीतकारले पनि नयाँ ट्रेन्ड ल्याएर चर्चामा आउन सकिन्छ ?
गीतकार पर्दा पछाडि हुन्छन् । कतिपय ठाउँमा उनीहरु गुमनाम हुन्छन् । दुःखले लेखेका गीतहरुबाटसमेत उनीहरु चिनिदैनन् । आफुलाई चिनिन आफैले प्रयास गर्नुपर्छ ।
तपाई गीत पनि गाउनुहुन्छ होला ?
गीत गाउन सक्छु होला । तर यतिको राम्रो हुन्न कि जस्तो पनि लाग्छ ।

तपाई निर्देशनदेखि मोडलिङसम्म गर्नुभएको छ नि हैन ?
हो केही म्युजिक भिडियोमा निर्देशन गरेको छु । केहीमा अभिनय पनि गरेको छु ।
पर्दा अगाडिको मान्छे गीत लेखेर किन पर्दा पछाडि जानुभएको नि ?
अचेल लेख्नमै मजा लाग्छ । निर्देशन मोडलिङभन्दा पनि गीतकारकै रुपमा चिनिन चाहान्छु ।
यो गीत अलि ‘सेन्टि’ नै छ, आफ्नै कथा वा अरु कसैको कथा गीतमा समेट्नु भएको हो ?
यो आधुनिक गीत हो । यसमा विदेशिएका नेपालीहरुको कथा समेटिएको छ । आज वैदेशिक रोजगारीका कारण कतिपय ठाउँमा यस्तै घटनाहरु भएका छन् । तिनै कथाहरुको एउटा प्रतिनिधित्व हो यो गीत ।
अब त तपाईलाई गीत लेखी माग्ने पनि बढ्न थाल्यो होला ?
यो गीतको चर्चासँगै गीतको माग बढेको छ । तर, गीत त ‘फिल’मा आएर मात्र लेख्न सकिन्छ । त्यसैले मागे जति काम गर्न सकिरहेको छैन ।
तपाई यो क्षेत्रमा नाम कमाउन आउनुभएको हो कि दाम ?
म व्यापारमा छु । दाम हुने त व्यापारबाटै होला । त्यसैले संगीतको क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर आएको हुँ ।

सम्बन्धित समाचार