न्युयोर्कमा ट्रकको ठक्करबाट १० वर्षीय नेपाली बालकको मृत्यु

January 8, 2020

न्युयोर्कको क्वीन्सस्थित लेफ्राक सिटि बिल्डिङ नजिकैबाट विद्यालयतर्फ जान लागेका १० वर्षीय बालकको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

घटनामा बालकलाई स्कुल पुर्‍याउनसँगै रहेकी उनकी आमा पनि गम्भिर घाइते बनेकी छिन् । ट्रकले ठक्कर दिने वितिकै छोरा र आमा दुबैलाई एम्बुलेन्समार्फत नजिकको एलमष्ट अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि बालक श्रीजल पन्थीको निधन भएको थियो भने आमा मिना पन्थीको उपाचारको क्रममा अस्पतालमा भर्ना भएको छ ।

स्थानीयबासीको अनुसार घटना फिप्टीसेभेन एभ्युन्युको नाइन्टी सेभेन स्ट्रीटको कोरोनास्थित लेफ्राक सिटि भवनको सामुन्नेमा भएको थियो ।

घटनामा परेकी मिना पन्थी लाइन्स क्लब अफ नेपालिज कुइन्सका अध्यक्ष पुरुषोत्तम पन्थीका श्रीमती हुन भने बालक उनका कान्छो छोरा हुन् । न्युयोर्कमा मंगलबार पन्थीको परिवारमा घटेको यो दुखद घटनाले सवैलाई स्तब्ध र दुखित तुल्याएको छ । यो दुखद खबर सुनेको वितिकै न्युर्योकका विभिन्न समुदाय तथा सस्थाका प्रतिनिधिहरु अस्पतालमा भेला भएका थिए ।

Pic Credit Fox News

सम्बन्धित समाचार