दीपाको अर्को गीत ‘तिमी मेरो, म तिम्रो’ युट्युबमा

May 10, 2018

काठमाडौं । कवि तथा गीतकार दीपा राई पुनको प्रतिरुप एल्बमको अर्को गीत ‘तिमी मेरो, म तिम्रो’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको बोस्टनमा बस्दै आएकी उनको यो एल्बम गत फागुनमा विमोचन गरिएको थियो । एल्बमको बिहानै बिहानै बोलको गीतको भिडियो यसअघि नै युट्युबमार्फत सार्वजनिक गरिएको थियो । प्रतिरुपमा आठ वटा गीत संग्रहित रहेका छन् ।

दीपाको शब्द रहेको यस गीतमा मेलिना राई र सिडि विजय अधिकारीको स्वर रहेको छ भने डिआर अटुले संगीत भरेका छन् । कन्चन थलाङ लिम्बु र रोजिना राईको अभिनय रहेको छ भने खगेन्द्र पन्धाक लिम्बूको सम्पादन र निर्देशन रहेको छ ।

सम्बन्धित समाचार