१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

कवि दीपा राई पुनको गीत सार्वजनिक[भिडियोसहित]


१५ फाल्गुन २०७४, मंगलबार  

0
Shares

काठमाडौंः परिचित कवि दीपा राई पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक भएको छ । बागबजारस्थित होटल हार्दिकमा साहित्यकार पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजानिक भएको हो ।

‘प्रतिरुप’मा आठ गीत समावेश छन् । जसमा राजेश पायल राई, मेलिना राई, भीषण मुकारुङ, रजिना रिमाल, विजय अधिकारी, विनोद राई र सुनिता थेगिमको स्वर भरेका छन् ।

पारस मुकारुङ, वालंद राई, राजेश थापा र डिआर अटुले संगीत रहेका छ ।

प्रतिरुपको ‘बिहानै बिहानै घामको किरणसँग’ बोलको गीतको भिडियो पनि सार्वजानिक गरिएको छ । खगेन्द्र पान्दक लिम्बुले निर्देशन गरेको म्युजिक भिडियोमा हेमन यात्री र सविना गोपालीको अभिनय रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार  ११ : २७ बजे