अमेरिकामा शेर्पा लोकगायक देण्डी शेर्पाको गीत सार्वजनिक [म्युजिक भिडियोसहित]

November 23, 2018

शेर्पा समुदायको वरिष्ठ गायक, संगीतकार एवं नृत्य निर्देशक देन्डी शेर्पाको नयाँ एल्बमको म्युजिक भिडियो सार्वजनिक भएको छ । करिब डेढ दशकदेखि शेर्पा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्दै आएका शेर्पाको पछिल्लो एल्बमको २० विभिन्न गीतमध्ये एक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । उनले अहिलेसम्म दर्जन भन्दा बढी एल्बम निकाल्नुको साथै करिब १ सय ५० भन्द बढी गीत रेकर्ड गरिसकेका छन् ।


अमेरिकामा पहिलो पटक छायाँकन गरिएको उक्त म्युजिक भिडियोमा गायक स्वयं नृत्य निर्देशन रहेका छन् भने गीतमा गायक देण्डीसँगै अन्य कलाकारहरुको स्वर रहेको छ । उनको नयाँ एल्बम गत वर्षको ल्होसार ल्हाप्सुमा विमोचन भएको थियो । दुई भिन्न भिन्नै एल्बममा २० विभिन्न गीतहरु समाबेश छ । एल्बमका गीतहरु अधिकांश शेर्पा समुदायको मौलिक संस्कृतिमा आधारित छन् । उनको एल्बमको गीतको सम्पादनमा धर्म गुरु डा युला शेर्पा, लामा टुल्कु, लोपेन ग्युर्मे छोड्राक र खेन्पो ङवाङ लोन्डुपले सहयोग गरेका छन् ।

एल्बममा सगरमाथा आरोही तथा ल्याजो अफिसर आङग्याल्जेन शेर्पा (ठाकतोक), गायक गाम्बु शेर्पा, दावा ल्हमु शेर्पा (ठाकतोक), पासाङ फुटी शेर्पा (ठाकतोक) र जिमा शेर्पा (लामा) लगायतको स्वर रहेको छ । त्यस्तै नृत्य गर्नेहरुमा गायक देन्डी शेर्पा(ठाकतोक), आङ ग्याल्जेन शेर्पा(ठाकतोक), छिरीङ शेर्पा(ठाकतोक), आङ पासाङ शेर्पा(लामा), ग्याल्जेन शेर्पा (गोले), सोनाम छिरीङ शेर्पा (ठाकतोक) र ग्याल्छेन शेर्पा(ठाकतोक), रहेका छन् भने माहिला कलाकारहरुमा दावा ल्हमु शेर्पा(ठाकतोक), फुडोमा शेर्पा(सलाका), ङिमा कान्छी शेर्पा (पिनासा), फुर्वा डोल्मा शेर्पा (लामा), पासाङ याङ्जी शेर्पा( टाकतोक), जाङ्मु शेर्पा(गोले) र डोल्मा शेर्पा (सलाका), रहेका छन् ।