सरकारमा १५ राज्यमन्त्री थपिदैं, ४९ सदस्यीय बन्ने भो मन्त्रिमण्डल

August 22, 2017

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।  कांग्रेसले १२ जना राज्यमन्त्री छानेसँग मन्त्रिमण्डल ४९ जनाको हुने भएको छ । राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।

राज्यमन्त्रीको जिम्मेवारी यस प्रकार छः

सीता गुरुङ –भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
नरबहादुर चन्द – वाणिज्य राज्यमन्त्री
तप्त बहादुर बिष्ट –सूचना तथा सञ्चार राज्यमन्त्री
उदय शमशेर राणा – अर्थ राज्यमन्त्री
डिल्ली बहादुर चौधरी – श्रम तथा रोजगार राज्यमन्त्री
चम्पादेबी खड्का – सहकारी तथा गरिबि निवारण राज्यमन्त्री
सरिता प्रसाईं –कृषि बिकास राज्यमन्त्री
अमरसिंह पुन – सिचाइ राज्यमन्त्री
तेजुलाल चौधरी – युवा तथा खेलकुद राज्यमन्त्री
दिलमान प्राखिन –कानुन राज्यमन्त्री
अब्दुल रज्जाक – खानेपानी तथा सरसफाइ राज्यमन्त्री
शेषनाथ अधिकारी – शिक्षा राज्यमन्त्री

यस अघि देउवाले आइतबार माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । मन्त्रिमण्डल अझ विस्तार हुने बताइएको छ ।

सम्बन्धित समाचार