प्रधानमन्त्री देउवा र सार्क महासचिवको भेट

June 19, 2017

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

 

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले पनि भेटवार्ता गरे । भेटमा दुई मुलुकको आपसी हित र सम्बन्धमा बारेमा कुराकानी भएको थियो ।

सम्बन्धित समाचार