दोस्रो चरणको निर्वाचनमा कांग्रेसले बहुमतसहित जित्छ-देउवा

June 23, 2017

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन ।
शुक्रबार धनगढी बिमानस्थलमा  नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधान मन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेस प्रती जनलहर बढदै गएको बताएका हुन ।

प्रधानमन्त्री देउवाले  स्थानिय तह निर्वाचन पछि देशले  बिकासको  गती लिने  समेत बताए ।  उनले स्थानिय चुनाबले सिहदरवारको अधिकार गाउँगाउँमा पुगेछि जनताहरुका धेरै समस्याहरु समाधान हुने समेत स्पष्ट पारे ।

सम्बन्धित समाचार