संसदीय दलको नेतामा देउवाको आकांक्षा

February 3, 2018

काठमाडौं । वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा देखाएका छन् ।

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका महत्वपूर्ण हुने गर्छ ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको ६३ जना सांसद रहनेछन् । निर्वाचनमा कांग्रेसले प्रतक्ष्यतर्फ २३ र समानुपातिकतर्फ ४० सिट पाएको हो ।

समाचारमा लेखिएको छ, कांग्रेस संसदीय दलको नेता बन्न आफ्नो कुल सांसदको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

गुट उपगुटमा विभाजित कांग्रेसभित्र प्रतिनिधिसभामा निर्वाचिन सांसदमध्ये सभापति देउवा पक्षका धेरै छन् ।

पार्टीभित्र देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुट सशक्त छन् । साथै पभावशाली नेताहरुको छुट्टै उपगुट छ ।  नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

सम्बन्धित समाचार