यी दलले गर्दैछन् देउवालाई मतदान

June 6, 2017

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलले देउवालाई पनि समर्थन गरिसकेका छन् ।

देउवालाई मंगलबारसम्ममा ३ सय ९१ सांसदको समर्थन रहेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिए । ‘अहिलेसम्म ३ सय ९१ सांसदको समर्थन छ’, जोशीले भने ।

प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने दलहरू धेरै भए पनि केही दल मात्रै तत्काल सरकारमा जाने बताइएको छ ।

सम्बन्धित समाचार