प्रधानमन्त्री देउवाद्वारा मतदान, मतदान लगत्तै फर्किए काठमाडाैं

June 28, 2017

काठमाडाैं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्वर १ असिग्राम उच्चमावि केन्द्र, रुवाखोलामा मतदान गरेका छन् ।

दोस्रो चरण अन्तर्गत स्थानीय तह निर्वाचन देशका तीन प्रदेशमा जारी भइरहेको छ । मतदान सकिनसाथ प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत काठमाडाैं फर्केका छन् । देउवा एक साता अघि सुदुरपश्चिममा लागेका थिए ।

सम्बन्धित समाचार