देउवाले भने, ‘कांग्रेस जे बोल्छ, त्यो पूरा गर्छ’

May 18, 2017

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जनताको विश्वास जितिसकेको पार्टी भएको र ‘जे बोल्छ, त्यो पूरा गरी छाड्ने’ पार्टी भएको बताए ।
शनिबार अखण्ड नेपाल पार्टी समानान्तरको कांग्रेसमा प्रवेश कार्यक्रमलाई पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै देउवाले उक्त भनाइ राखेका हुन् ।

काँग्रेस केन्द्रीय समितिको विसं २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आप्mनो पार्टीलाई काँग्रेसमा प्रवेश गर्न दिनुभएको निवेदनलाई अनुमोदन गरेको थियो ।

संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजार भन्दा बढी सो पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
उक्त अवसरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।

सम्बन्धित समाचार