साहित्यकार लामिछानेलाई धनमान लघुकथा पुरस्कार प्रदान

August 21, 2017

काठमाडौं । साहित्यकार प्राध्यापक डा कपिल लामिछाने धनमान लघुकथाबाट पुरस्कृत भएका छन् । नवौं लघुकथा दिवसको अवसर पारी सोमबार लघुकथा समाजले डा लामिछानेलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
नगद १० हजार एक र सम्मानपत्रसहितको पुरस्कार सर्वनाम थिएटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले हस्तान्तरण गरे । कार्यक्रममा लघुकथामा विशेष योगदान दिएको रामकृष्ण कर्माचार्यलाई सम्मान गरियो ।

लघुकथा लोकतान्त्रिक बस मञ्चन गर्दै कलाकार

लघुकथा दिवसको दोस्रो दिनको कार्यक्रम डा लामिछाने लिखित लघुकथा लोकतान्त्रिक बस मञ्चनबाट सुरु भएको थियो । कार्यक्रममा नेपाली लघुकथा नामक किताबसमेत विमोचन गरिएको थियो ।


लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपाल, सर्वनामका अध्यक्ष अशेष मल्ल, धनमान अक्षय कोषका संस्थापक धनमान श्रेष्ठको पनि उपस्थिति थियो ।

सम्बन्धित समाचार