१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको गजल म्यूजिक भिडियो यस्तो छ


१२ भाद्र २०७४, सोमबार  

0
Shares

काठमाडौं । पत्रकारिकता, बालसाहित्यमा सक्रिय सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको गजल म्यूजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार अर्जुन पोखरेलको संगीत र भुवन रावत ‘क्षितिज’ को स्वरमा रेकर्ड भएको ‘तिम्रा लागि यो ठाउँ छोडी सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म…’ बोलको गजलको म्यूजिक भिडियो बनाइएको हो ।

गायक रावतको लगानीमा रेकर्ड भएको उक्त गीत ‘द डिभाइन म्यूजिक’ ले म्यूजिक भिडियो बनाएको हो । पोखरेलकै एरेन्जको उक्त गीतमा सम्पदा बाँनियालाई मोडलिङमा प्रमोद भारद्धजले साथ दिएका छन् । बिभोर पोखरेलको निर्देशनमा बनेको झन्डै चार मिनेटको उक्त भिडियो नेपालमै सुटिङ गरिएको हो । बलराम बुढाथोकीले छायांकन गरेको भिडियोमा कलर सतिज श्रेष्ठको छ ।

गजलकार ढुंगानाले भने, ‘स्वार्थी प्रेमीकाका लागि एउटा उदार प्रेमीले कस्तोसम्म त्याग गर्न सक्छ भन्ने भावमा गजल तयार पारिएको छ ।’ अञ्जु पन्त, दिपक लिम्बु, मिलन अमात्य, तेज आले आदि गायक गायिका र शक्ति बल्लभ, रत्नबहादुर, हरि लम्साल, विजय खालिङ आदि संगीतकारले गरी झन्डै एक दर्जन गीत रेकर्ड गराएका ढुंगानाको म्यूजिक भिडियो भने यो दोस्रो हो ।

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार  ८ : ३० बजे