नेविसंघ सिन्धुको २ नम्बर क्षेत्रीय संयाजकमा दिपेश, जिल्ला समिति पुनर्गठन

September 8, 2018

मेलम्ची । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका अध्यक्ष दावा ग्याल्बु लामाले क्षेत्र नम्बर २ को संयोजकमा दिपेश खनाललाई मनोनित गरेका छन् । खनाललाई भदौ २१ गते मनोनित गरेको हो । यसअघि उक्त पदमा वासुदेव अधिकारी निर्वाचित भएका थिए । अधिकारी कांग्रेसको क्षेत्रीय सचिव भएकाले उक्त स्थानमा खनाललाई मनोनित गरेको अध्यक्ष लामाले बताए ।

नेविस‌ंघ सिन्धुपाल्चोकले उनलाई दिएको जिम्मेवारी पत्रमा लेखिएको छ, ‘नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक साविक क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष वासुदेव अधिकारी नेपाली काँग्रेस सिन्धुपाल्चोकको क्षेत्र नं. २ का क्षेत्रीय सचिव पदमा निर्वाचित भई अध्यक्ष पद रित्त रहेको र साविक क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष पवन घोरासैनी नेविसंघको क्षेत्रीय अध्यक्ष भएदेखि नेवसंघको सांगठनिक गतिविधिमा संलग्न नभएको साथै सम्पर्कमा समेत नरहेको हुँदा हाल नेपालको पुनः संरचना अनुसारको संघीय निर्वाचन क्षेत्र नं. २ का लागि क्षेत्रीय संयोजकको जिम्मेवारी दिइएको छ ।’

जिल्ला समिति पुनर्गठन

त्यसैगरी नेविसंघमा केही सदस्य सक्रिय नभएको र केही अन्य पार्टीमा प्रवेश गरेकाले जिल्ला समितिसमेत पुनर्गठन गरिएको छ। पुनर्गठित समितिमा १४ जना नयाँ सदस्यहरु थपिएको अध्यक्ष लामाले जानकारी दिए ।

सम्बन्धित समाचार