७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

डोल्मा शेर्पाको नाममा एनअारएनले उठाएको रकम अापतकालीन कोषमा पठाउने निर्णय


१९ कार्तिक २०७४, आइतबार  

0
Shares

२०६२ सालमा रोजगारीको सिलसिलामा भारत हुदैं कुवेत पुगेकी उनी एक फिलिपिनो महिला हत्याको अभियोगमा जेलमा परिन् । त्यहाँको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाइयो ।

डोल्मा निर्दोष रहेकाले उनलाई उक्त सजायबाट जोगाउन नेपालमा, नेपाली रहेका विभिन्न देशमा अभियान चल्यो । सिन्धुपाल्चोककै ल्हाक्प ठिन्ले शेर्पाको संयोजनमा ‘डोल्मा जीवन बचाउ अभियान’ चल्यो ।

‘ब्लडमनी’का लागि नेपाल सरकारले पनि उनलाई ‘सिडमनी’ स्वरुप ४ हजार डलर उपलब्ध गरायो । अभियानले यसमा ६ हजार डलर थपेपछि दश हजार डलर मृतकको परिवारलाई बुझायो र १२ हजार डलर डोल्माको पक्षमा लड्ने वकिललाई बुझाइयो ।

डोल्माको पक्षबाट मृतकको परिवारलाई ब्लडमनि बुझाएपछि उनलाई सुनाइएको मृत्युदण्ड मिनाहा गरियो र उनलाई १० वर्षसम्म जेल सजाय सुनाइयो । यही जेल सजाय भुक्तान गरी नेपाल आइपुगेकी छिन् डोल्मा ।

डोल्मा शेर्पाको नाममा एनअारएनले उठाएको रकम अापतकालीन कोषमा पठाउने निर्णय

डोल्माको नाममा गैरअावासीय नेपाली संघ(एनअारएनए)ले उठाएको रकम भने अापतकालीन वैदेशिक रोजगार कोषमा जाने र सोही खालका अन्य प्रयोजनमा खर्च गर्ने ५ नोभेम्बरमा विज्ञप्ति जारी गर्दै एनअारएनले जनाएको छ ।

एनअाएनएका प्रवक्त भुषण घिमिरेले जारी गरेको विज्ञप्तिमा डोल्माको छोराका लागि तीन लाख रूपैयाँ प्रदान गर्ने र बाँकी ३१ लाख ५० हजार रकम अापतकालीन कोषमा जम्म गर्ने निर्णय फेब्रुअरी ८, २००९ मै निर्णय भएको उल्लेख गरिएको छ ।

‘डोल्मा बचाउ अभियान’का क्रममा ३७ लाख ४९ हजार ७४१ रुपैयाँ जम्मा भएको थियो ।

डोल्मा नेपाल फर्केपछि उनको नाममा उठेको रकमबारे सोधखोज हुन थालेपछि चुपचाप रहदै अाएको एनअारएनएले अाइतबार मुख खोलेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार  ६ : ५५ बजे