अमेरिका पुगे पनि डोल्माको मन एमसीतिरै

May 18, 2017

जाङबु शेर्पा

उद्घोषण यात्रालाई ‘फुलस्टप’ गर्दै डोल्मा शेर्पा अमेरिका पुगेकी छिन् । तीन वर्ष उनले यही पेसामा निरन्तरता दिइन् । अब नेपालका स्टेज कार्यक्रमहरुमा उनको उद्घोषण सुन्न पाउने छैन । यसलाई रहर र बाध्यता भन्दापनि भविष्यको निम्ति लम्केको पाइला ठान्छिन् । ‘जिन्दगी सधै एक नाशले नचल्दो रहेछ,’ २१ वर्षीय डोल्माले आफ्नो अनुभव सुनाइन्, ‘यो उमेर भनेको गन्तव्य तय गर्ने समय हो ।’

डोल्मा सोलुखुम्वूको सल्लेरीमा हुर्किन् । स्कुलमै माइक समाउन सिके । स्कुलमा हुने हरेक कार्यक्रममा ‘एमसी’को भूमिका डोल्माले नै गर्थिन् । भन्छिन्, ‘माइकसँग मेरो सम्बन्ध सानैदेखि हो । ठुलो भएपछि पनि माइकको ह्याङले छोडेन ।’
डोल्माले उद्घोषणकै क्रममा देशको कुना कन्दरादेखि भुटान, भारत, र सिंगापुरसम्मको यात्र गरेकी छिन् । उनकै शब्दमा यो उनको कला यात्रा हो । कलाको यही यात्राले उनले देशको संस्कृति वुझ्ने मौका पाएकी छन् । कलाकारसँग साक्षात्कार गर्ने अवसर पाएकी छन् । संगतको प्रतिफलस्वरुप उनले गीत पनि गाउन भ्याइसकेकी छिन् ।
आवाजको खेती गर्न पोख्त भएकै कारण देश देखि विदेशसम्म डोल्माको डिमान्ड बढ्यो । अमेरिका आउनेक्रममा पनि उनले धेरै कर्यक्रमको निमण्त्रणालाई छोडेरै आएकी छिन् । कारण डोल्माले बुझिसकेकी छन्, नेपालमा उदघोषण कला पेसाको रुपमा अझै विकसित भइसकेको छैन । यतिखेर भने डोल्मा सियटलको वासिङ्टन विश्वविद्यालयमा स्नातोकोत्तर तहमा अध्ययनरत छिन् । अफर आए पार्ट टाइम एमसी गर्ने अर्को सोचाइ पनि छ । भन्छिन, ‘स्वदेशमा हुदा दर्शकसँग रमाइलो गर्ने ह्याङले अझै छोडेको छैन । ’

यसैले कहिलेकाहीं दिक्क लगाउँछ रे । त्यसो त उनमा घर छोड्नुको दुःख छ । परिवारबाट एक्लिएको वेदना छ । त्यो भन्दा डोल्मा समयलाई वलवान मान्छिन । भन्छिन्, ‘समयले नै मलाई अमेरिका पु¥यायो । पाताल प्रवासको यो समुद्रमा हम्फालिसकेपछि रित्तो हात नफर्कनेमा डोल्मा दृढ छन् । त्यो दुढता भनेको एमसीपछि डोल्माको परिवर्तित संस्करण पनि हो । र, यो उनको नेपालदेखिको आत्माविश्वास पनि हो ।
अल द बेस्ट डोल्मा !

सम्बन्धित समाचार