प्रा.डा. रमेश ढुंगेलले भने, : ‘सरकारको व्यावस्था नै असफल छ’

February 20, 2019

काठमाडौं । संस्कृतविद् प्राध्यपक डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नु भन्दापनि व्यवस्था नै असफल भएको आरोप लगाए ।

बुधवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा डा. ढुंगेलले सरकारको व्यावस्था नै राम्रो नभएको जिकिर गर्दै भने, ‘सरकारले विभिन्न निकायमा नियुक्ती गर्दा ज्ञाताहरुलाई गर्दैनन् । सबै आफ्नो मान्छे मात्रै तान्ने गर्छन् ।’

उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि बताए । उनले थपे, ‘अहिले त सिस्टम नै फेल भैसक्यो । गणतन्त्र फेल भैसक्यो । संघीयता फेल भैसक्यो । लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन् ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्र्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए । उनले भने,‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन । तर, राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो । कुनै विचार नपुरयाई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन् ।’

सम्बन्धित समाचार