डा केसीको समर्थनमा गरिएको प्रदर्शनमा सुशीला कार्कीदेखि मनिषासम्म, हेर्नुस ३५ फोटोमा

July 21, 2018

शुभप्रभात राई/काठमाडौं 

शनिबार डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा नागरिकहरु सडकमा उत्रिए ।

प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्कीदेखि बलिउड अभिनेत्री मनिषा कोइरालासम्म सहभागी भए । प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, केदारभक्त माथेमा, डाक्टर रामेश कोइराला, मानव अधिकारकर्मी कृष्ण पहाडी, कांग्रेस नेता गगन थापा, नायिका एव‌ं नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरसम्म उपस्थित थिए ।

तरुण दलकोसमेत साथ पाएको प्रदर्शनले नयाँ बानेश्वरमा पुगेर उग्र रुप लियो । निषेधित क्षेत्र तोड्न खोज्दा झडप भयो । झडपमा परी तरुण दलका अध्यक्ष जीतज‌ंग बस्नेत घाइते भए ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै डा केसी विगत २२ दिनदेखि अनशनमा छन्। जुम्लामा अनशन बस्न गएका उनलाई सरकारी टोलीले बुधबार काठमाडौं ल्याएको छ । डा केसी वार्ताका लागि तयार भए पनि सरकारले भने अहिलेसम्म वार्ता गर्ने टोलीको टुंगो लगाएको छैन ।

 

सम्बन्धित समाचार