वसन्तपुरबाट बालुवाटारमा टेलिफोन : गोविन्द केसी कहिलेसम्म अनशन बस्नुपर्ने हो? [भिडियोसहित]

July 22, 2018

शुभप्रभात राई/काठमाडौं

आइतवार बिहान काठमाडौंको वसन्तपुरमा डा गोविन्द केसीको समर्थनमा सयभन्दा बढी सामूहिक अनशन बसे ।

अनशन बस्ने क्रममै डा केसीका समर्थकले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन प्रयास गरे । तर, प्रधानमन्त्री ओलीको फोन उठेन ।

त्यसपछि उनीहरुले रक्षामन्त्री ईश्वर पोखरेललाई फोन लगाए। फोन उठ्यो । अनशनकारीले ठाडै सोधे, डा केसी कहिलेसम्म अनशन बस्नुपर्ने? २३ दिनसम्म अनशन बसिसक्यो ।

उताबाट जवाफ आयो- अपडेट छैन ।

अनशनकारीले जवाफ सोधे-सरकार भएपछि अपडेट हुनुपरेन । मान्छे मरेपछि अपडेट हुने ?

पछि ती फोन उठाउने व्यक्तिले को बोल्नुभयो? भनी सोधे । त्यसपछि उनले रङ नम्बर भएको भने। पछि रक्षामन्त्री पोखरेलको स्वकीय सचिव भएको उनीहरुले बताएका थिए ।

‘सोलिडारिटी फर डा.केसी अलायन्स’को आयोजनामा डा.केसीको समर्थनहरु नर्स, डाक्टर, विद्यार्थी, सामाजसेवी, विभिन्न राजनीतिक दलका नेता १० बजेदेखि बेलुकाको ५ बजे सम्म अनसन बसेका थिए ।

अनसनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, कांग्रेस नेता गगन थापा, अधिवक्ता ओमप्रकाश अर्याल लगायत अन्य नागरिक अगुवा नेताहरुको सहभागी भए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गरी सरकारको विपक्षीमा डा.केसी २३ दिनदेखि अनसनमा छन् ।

भिडियो

सम्बन्धित समाचार