Everest Times

माअोवादीलाइ अर्थमन्त्री पाैडेलको प्रश्न-आफैंले ल्याएको बजेटको विरोध किन ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले माअोवादी केन्द्रप्रति लक्षित गर्दै अाफैले बनाएको अार्थिक विधेयकमाथि विरोध गरेकोमा अाश्चर्य प्रकट गरे। शुक्रबारको संसद बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिदैं उनले अाश्चर्य प्रकट गरेका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘राजनीतिक समिकरण र आपसी सम्बन्ध बद्लिँदैमा आर्थिक विधेयकका अन्तर्वस्तु त बद्लिँदैन नि के आधारले आफैले बनाएको विधेयकको विरोध गर्ने ?’

 

५ सय ६५ अर्बको राजस्वको लक्ष्य महत्वाकांक्षी भन्ने आरोप निराधार रहेको उनले बताए। राजस्वको श्रोतलाई नचिन्दा, राजस्वको दायरा विस्तार नगर्दा र राजस्व प्रशासनलाई सही ढंगले परिचालन नगर्दा मात्रै प्रस्तुत बजेटले राखेको लक्ष्य महत्वाकांक्षी हुन सक्ने बताए।

 

प्रतिकृया दिनुहोस्