‘अन्तराष्ट्रिय शिक्षा नेपालमै’ शैक्षिक मेला होटल अन्नपूर्णमा, चालीस बढी कलेजले परामर्श दिँदै

August 17, 2018

काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा उच्च शैक्षिक मेला शुरु भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मेला उद्घाटन गरे ।

अन्तराष्ट्रिय शिक्षा अब परदेशमा  होइन,आफ्नै देश नेपालमा नाराका साथ शुक्रबार र शनिबार चल्ने मेलामा चालीस बढी कलेजहरुले  उच्च शिक्षा अध्ययनको लागि नि:शुल्क परामर्श दिइरहेका छन् ।

मेलामा प्लस टु गरिसकेकाहरुको भिड लागेको छ ।

सम्बन्धित समाचार