१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इद मुबारक ! इद उलफित्र मनाउँदै मुस्लिम समूदाय


२२ जेष्ठ २०७६, बुधबार  

0
Shares

काठमाडौं: मुस्लिम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।

आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नाका साथै  गरीबलाई दान दिने गरेका छन् ।

काठमाडौंको घण्टाघरस्थित जामे मस्जिद्मा आज नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

आजका दिन मुस्लिम समूदायले आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् ।

यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत परिकार पकाएर खाने गरिन्छ। यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ९ : १० बजे