राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ गते

January 5, 2018

काठमाडौं। सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ।

शुक्रबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनसाथ मन्त्री कार्कीले भने-आजको मन्त्रिपरिषद्को बैठकमा नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड क बमोजिम निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनका लागि राष्टिंय सभा निर्वाचन अध्यादेश २०७४ को दफा ५ को उपदफा १ बमोजिम माघ २४ गते बुधबार निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्ने र सोको सुचना निर्वाचन आयोगको परामर्शमा नेपालको राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ।

राष्ट्रिय सभाको निर्वाचन तय गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक डाकेका थिए।

सम्बन्धित समाचार