राष्ट्रिय सभाको निर्वाचन: मतदान सम्पन्न, केही बेरमै मतगणना हुने

February 7, 2018

काठमाडौं: राष्ट्रिय सभाका ३२ सदस्यका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ९९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश २ बाहेक ६ प्रदेशमा बिहान १० बजेबाट मतदान सुरु भएको थियो। दिउँसो ३ बजे मतदान सम्पन्न भयो। केही बेरमै मतगणना हुने र मत गणनाका लागि सर्वदलीय बैठक बसिरहेको आयोगले जनाएको छ।

सम्बन्धित समाचार