अाइतबार ३२ जिल्लामा मतदान हुदैं, मतगणना २१ गतेपछिमात्रै

November 25, 2017

काठमाडाैं । अाइतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि ३२ जिल्लामा मतदान हुदैछ । मतदानबाट ३७ प्रतिनिध सभा सदस्य र ७४ प्रदेश सभा सदस्य चुनिनेछन्। मतगणना भने मंसिर २१ पछिमात्र सुरू हुने निर्वाचन अायोगले जनाएको छ ।

यी जिल्लामा हुदैछ पहिलो चरणको निर्वाचन

प्रदेश नं १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ रूकुम (पूर्वी भाग) र रोल्पा,
प्रदेश नं ६ रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

 

सम्बन्धित समाचार