प्रदेश २ मा उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण

September 6, 2017

काठमाडौं । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्ण तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

बिहान १० बजेदेखि आठ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य बेलुका ५ बजेसम्म शान्तिपूर्णरुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको हो।  यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार