१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१५,०३८ जनप्रतिनिधिका लागि ६२,४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा


१३ असार २०७४, मंगलबार  

0
Shares

काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ । १५ हजार ३८ जनप्रतिनिधिका लागि ६२ हजार ४ सय ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । ४१ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले बताएको छ ।

बुधवार हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा सहभागी हुंन पाउनेछन् । यसका लागि देशभर चार हजार ५ सय ८१ मतदानस्थलमा आठ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक नै ६६ हजार ९ सय कर्मचारी खटिएको आयोगको भनाई छ । मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार  ६ : १९ बजे