पूर्वमा दुइ केपी, पश्चिमा देउवा र रावलः बहुमत अाफ्नो पक्षमा पार्ने दाउमा

June 25, 2017

काठमाडाैं । असार १४ गते नजिकिदै गर्दा प्रमुख दलहरू पूर्वदेखि पश्चिमसम्म प्रचारमा तीव्र रूपमा लागेका छन् । अाइतबार रातिबाट माैन अवधि सुरू हुदैछ ।

स्थानीय तहको निर्वाचनको पहिलो चरणमा कांग्रेसलाइ पछि पार्दै एमाले पहिलो दल बनेकाे अवस्थामा कांग्रेसले अाफ्नो विरासत जोगाउन दोस्रो चरणको सहयता लिएको छ । कांग्रेसका प्रमुख नेताहरूले दोस्रो चरणको निर्वाचनपछि अाफ्नो दल पहिलो दल बन्ने घोषणा गरेको छ । यता एमालेका शीर्ष नेताहरूले पनि एमाले नै बहुमतसहित पहिलो पार्टी बन्ने दाबी गर्दै अाएको छ ।

पूर्वमा प्रदेश नम्बर एकमा झापामा दुइ केपी भिडन्तमा छन् । एमाले अध्यक्ष केपी(खड्गप्रसाद) अोली र कांग्रेस नेता कृष्णप्रसाद(केपी) सिटाैला अाअाफ्नो विरासत जोगाउन रिङमा छन् । झापामा एमालेले अध्यक्ष अोली प्रभाव बढाउदै छन् भने कांग्रेसले पनि गगन थापादेखि केन्द्रीय नेताहरू समेत खटाएका छन् ।

यता पश्चिममा प्रदेश नम्बर ७ मा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावल अाफ्नो विरासत जोगाउन लागिपरेका छन् । देउवा र रावलको अाअाफ्नो दाबी छ-सुदुरमा हाम्रो जित ।

दुइ ठुला पार्टी अाफ्नो बिरासत जोगाउन वक्तव्यबाजी त गरि रहेका छन् । कसले बहुमत पाउने हो भन्ने कुरा यसको नतिजा भने असार १४ पछि नै अाउनेछ ।

सम्बन्धित समाचार