हिमाल आरोहणका लागि विश्वभर नेपाल चिनाएकी अमेरिकी पत्रकारको निधन

January 26, 2018

काठमाडौं । नेपालको पर्वतारोहणको समाचार संकलनको क्रममा जानकारी राख्दै आएकी अमेरिकी पत्रकार एलिजाबेथ हलीको ९४ वर्ष बर्षको उमेरमा निधन भयो । सन् १९६० देखि नेपालमै बस्दै आएकी उनी नेपालको पर्वतारोहणको बारेमा विशेष ज्ञान राख्ने व्यक्तित्वको रुपमा चिनिन्छ । पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्टसग नजिक हुदै आएकी उनी  निमोनियाको कारण उपाचार क्रममा मृत्यु भएको थियो ।
नेपाल र चीन दुबैले हिमाल आरोहणको तथ्य नराखेपछि हलीले भने सबै डाटा राखेकाले उनलाई हिमालयन डाटाबेसको रुपमा मान्ने गरेको छ । हिमाल कहिल्यै आरोहण नगरेकी उनले हिमाल आरोहणका हरेक गतिविधि नियाल्ने गर्थिन । उनले अध्ययन र समाचार संकलनको क्रममा नेपाल पर्वतारोहणका लागि उत्कृष्ट गन्तव्य भएको प्रचार विश्वभर गरेकी थिइन ।
अमेरिकाको सिगाकोमा जन्मेकी उनी फर्चुन म्गाजिनको काम छोडेर सन १९५९ मा नेपालमा घुम्न आएकी थिइन । त्यसपछि उनी कहिल्यै अमेरिका फर्केनन । सन् १९६० बाट रोयटर्सको संवाददाताका रुपमा काम गर्न थालेकी उनलाई नेपाल सरकारले उनको योगदानको सम्मान स्वरुप सन् २०१४ मा पुठा हिउचुलीको नाम ‘पिक हली’ राखेका थियो । जीवनको अधिकांस समय नेपालको पर्वतारोहणकै बारेमा कलम चलाउदै आएकी उनको अन्तेष्टि हिमालयन ट्रष्टले बौद्ध परम्परा अनुसार गरियो ।

फोटो श्रोत: हिमालयन टाइम्स/Claudia Camila Lopez/Facebook

 

सम्बन्धित समाचार