बेल्जियमले २ गोल हान्दा इङल्यान्ड चौथोमै चित्त बुझाउन बाध्य

July 14, 2018

थोमस मुनिएर र कप्तान हाजार्डको एक एक गोलपछि इङल्यान्ड चौथोमै चित्त बुझाउन बाध्य बन्यो ।

रसिया विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा २-० को नतिजा निकाल्दै बेल्जियम तेस्रो भयो ।

सेन्टपिटर्सवर्गमा भएको खेलको चौथो मिनेटमै थोमस मुनिएरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले नासेर चाड्लीको पासमा गोल गरेका हुन् । मुनिएर यस विश्वकपमा बेल्जियमका लागि गोल गर्ने दशौँ खेलाडी हुन् ।

बेल्जियमले अन्तिम १० मिनेटभित्रगोल थप्यो। ८२औँ मिनेटमा कप्तान एडेन हाजार्डले केभिन डे ब्रुएनाले उपलब्ध गराएको बललाई डि एरिया भित्र ड्रिबल गर्दै गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए।

सम्बन्धित समाचार